दिवंगत आमाको सम्झनामा बनेको गीत धेरैले रुचाए

नेपालगञ्ज ५ असोज – २१ औं ईमेज अवार्ड मा उत्कृष्ठ पुरुष गायकको अवार्ड जितेका गायक महेश सेवाको हालै “ए आमा तिमी छौ कहाँ“ बोलको गीत सार्वजनिक भएको छ।  गीतकार शिशिर सापकोटाको शब्दमा निर्मित गीत गीतकार सापकोटाले आफ्नी दिवंगत आमा भद्रकलामा समर्पित गरेर रचेका हुन् ।

साहित्य र प्राध्यापक क्षेत्रमा सक्रिय युवा शिशिरकी आमा भद्रकलाको गत वर्ष निधन भएको छ । आमाकै सम्झनामा तयार गरिएको उक्त गीत सोह्र श्रादकै सेरोफेरोमा बजारमा आएको छ र संसारभरका सम्पुर्ण आमाहरुमा समर्पित छ।

गीतमा किरण श्रेष्ठको उत्कृष्ठ कम्पोज र संगित रहेको छ भने किरण कँडेलको सुमधुर संगित संयोजन रहेको छ। गीतको भिडियोमा कलाकार रश्मि भट्ट, लक्ष्मण बस्नेत, निर्मल न्यौपाने र दियान गौतमको अभिनय रहेको छ भने सोनम पाख्रिनले निर्देशन गरेका छन् । उक्त गीतलाई ओ आर एस डिजिटल बाट यु ट्युबमा ल्याईएको छ। उक्त गीत धेरैले रुचाएका छन् ।

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     2:00:59 PM