नयाँ व्यवसायीक भवनमा ‘अण्डरग्राउण्ड पार्किङ्ग’ बनिसके, पुरानालाई सडककै भर

नेपालगञ्ज ६ असोज -नेपालगञ्जको सबैभन्दा व्यस्त चोक । त्यसमा झन् दैनिक कयौं सेवाग्राही पुग्ने वाणिज्य बैंकको शाखा । बैंक र आसपासका व्यवसायीक फर्ममा पुग्ने सेवाग्राहीले आधा सडक ढाकेर पार्किङ्ग गरेका सवारी साधनको भिड । नयाँ आउनेलाई पार्किङ्ग गर्नै मुस्किल । झिक्नेलाई उस्तै समस्या । सवारी दुर्घटनाको जोखिम त छदै छ । सवारी चालक जोगिएर हिड्नुपर्छ । हो, यसैगरी वर्षौदेखि चल्दै आएको छ धम्वोझीचोक आसपासको दैनिकी ।

यहाँ बैंक तथा वित्तीय संस्थाका शाखा छन् । स–सानादेखि ठुला व्यवसायीक फर्मका कार्यालय छन् । त्यहाँ दैनिक संयौ सेवाग्राही आउने गरेका छन् । ती सेवाग्राही चढेर आउने कार होस् चाहे मोटरसाईकल । पार्किङ्ग गर्ने ठाउँ भने छैनन् । उही सडक ढाकेर सवारी पार्किङ्ग नगरी सुःख छैन । कोरियनपुरबाट बाणिज्य बैंक पुगेका एकजना सेवाग्राही आफ्नो मोटरसाईकल पार्किङ्ग गर्ने ठाउँ खोज्दै थिए । नजिक सबै ठाउँ पार्किङ्गले भरिएको देखेपछि सडकको पल्लो पट्टी खाली ठाउँमा पार्किङ्ग गरेर फर्किए पछि उनी भन्दै थिए,–‘उता पट्टी मोटरसाईकल राखियो चोरी पो हुने की रु’

पार्किङ्गको समस्या भएको धम्वोझी एउटा उदाहरण मात्र हो । यो समस्या नेपालगञ्जका लागि सामान्य जस्तै भएको छ । ठुला व्यवसायीक प्रतिष्ठानका कार्यालय भएका ठाउँमा समेत पार्किङ्गको समस्या छ । यो समस्या सबैभन्दा धेरै पुराना घरमा छन् । पछि सम्मका लागि नसोंचेर पार्किङ्गस्थल नबनाई निर्माण गरिएका व्यस्त बजारका चोक पार्किङ्गका लागि चुनौती बनेको ट्राफिक प्रहरी कार्यालय नेपालगञ्ज बिटका प्रमुख भिम ओलीले बताए । ‘सेवाग्राहीलाई कहाँ पार्किङ्ग गर्ने भन्ने मात्र होइन दुर्घटनाकै समस्या पनि छ । मुख्य चोकमै यस्ता समस्या धेरै छन् ।’–ओलीले भने । नेपालगञ्जका पुराना घरको पार्किङ्गस्थल सडकमै निर्भर छन् । त्यस्ता घरलाई पार्किङ्गस्थल बनाउ भन्ने कुनै नीति छैन । नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले घर बनाउने मापदण्ड भए पनि पार्किङ्गस्थलका बारेमा नीति नबनेको उनले बताए । पौडेल भन्छन्–‘मुख्य व्यवसायीक ठाउँमा बन्ने घरलाई पार्किङ्गस्थल बनाउन नीति बनाएर निर्देशन गर्न सकिन्छ ।’

पुराना घरमा पार्किङ्गस्थल नभए नयाँ बनेका होटल, हस्पिटल र व्यवसायीक प्रतिष्ठानले भन्ने दिर्घकालिनरुपमा सोंचेर पार्किङ्ग र अण्डरग्राउण्ड पार्किङ्ग बनाएका छन् । यहाँका अधिकांस ठुला होटल, हस्पिटल, व्यवसायीक प्रतिष्ठानले पार्किङ्गका लागि प्रशस्त ठाउँ छाडेका छन् । वेष्र्टन बिजनेश ग्रुपले सुर्खेतरोडमा बनाएको कम्पलेक्समा दर्जनौ गाडी अट्ने पार्किङ्गस्थल बनाएको छ । उक्त कम्पलेक्सका प्रमुख सन्जय थापा भन्छन्,–‘नेपालगञ्जमा सवारीसाधन सञ्चालन गर्ने मान्छेको फ्लो बढेको छ । अब हामीले परम्परागतरुपमा पार्किङ्ग बिनाका भवनहरु बनाउँदा त्ययसले समस्या ल्याउँछ ।’

प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६     6:43:15 AM