‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

नेपालगञ्ज – राँझा बिमानस्थल नजिक रहेको ‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालनमा आएको छ । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम सकिए पछि असोज ३ गतेदेखि पूर्णरुपमा सञ्चालक गरिएको सञ्चालक सिताराम यादवले बताए । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ । होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, डिलक्स,स्वीट, कर्पोरेट र सिंगल रुम तयार भइरहेको छ ।

होटलमा क्यासिनो समेत सञ्चालन योजना छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जमा सञ्चालनमा ल्याउन लागिएको द गोल्डेन ब्लिस होटल नयाँ भए पनि हस्पिटालिटी क्षेत्रमा सीताराम यादव भने नयाँ होइनन् । यस क्षेत्रमा यादवको दुई दशक लामो अनुभव छ । त्यही अनुभवले आत्मविश्वासी बनेका यादव आफ्नै तारे होटल हाँक्ने अवस्थामा आइपुगेका छन् । होटल सन्चालनको अवसरमा बिभिन्न छुट सुविधा दिएको छ । दुई महिनासम्म रेष्टुरेण्ट र रुममा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको छ ।

‘द गोल्डेन ब्लिस’को शुक्रवारदेखि ‘सफट् ओपनिङ्ग’

सीताराम यादवलाई तारे होटल ‘ओपनिङ्ग’को चटारो

 

प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६     7:52:43 AM