नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले १० गतेबाट नयाँ नोट बितरण गर्ने

नेपालगञ्ज – नेपाल राष्ट्र बैंकले नेपालगन्ज कार्यालयले दशैंका लागि नयाँ नोट असोज १० देखि १७ गतेसम्म बितरण गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ । उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।

प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६     1:28:44 PM