स्थापना दिवशको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा रक्तदान

नेपालगञ्ज – सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको दोस्रो वर्षको अवसरमा आज सोमवार नेपालगञ्ज लगायत बिभिन्न शाखाले रक्तदान तथा फलफुल वितरण कार्यक्रम आयोजना गरेको छ । नेपालगञ्ज शाखाले बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रबन्धक कमल शाहीले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेजका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. बिनोद अर्यालको रक्तदान कार्यक्रमको उद्घाटन गरे । सामाजिक उत्तरदायीत्व बहन गर्दै उक्त इन्स्योरेन्सले रक्तदान तथा फलफुल वितरण गरेको हो ।

प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६     9:11:06 PM