तुलसीपुरका किराना व्यवसायीले यसरी मुल्य सुची सार्वजनिक गरे

तुलसीपुर,८ असोज । तुलसीपुर बजारमा किराना समान तथा खाद्यन्न बस्तुहरुको मुल्य सुची सार्वजनिक गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि चार्डपर्वलाई लक्षित गदै उपभोक्तालाई सर्वसुलभ तथा सहुलियत हुने गरी उपसमितिले मुल्यसुची सार्वजनिक गरेको किराना व्यवसायी उपसमितिका संयोजक बसन्त खड्गीले जानकारी दिएका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघ अन्र्तगत गठित किराना व्यवसायी उपसमितिले किराना समान र खाद्य बस्तुको मुल्य सुची तयार गरी सार्वजनिक गरेको हो । उपसमितिले निर्णय गरे अनुसार खाद्य तथा किराना समानको प्रतिकिलोको दररेट कायम गरिएको हो । जसमा मोटा चामल ४५ रुपैया, मसिनो चामल ६५ देखी ८० रुपैया सम्म, जिरा खुल्ला ४ सय ५० रुपैया, धनिया २ सय ५० , मरिच १ हजार रुपैया, नरिवल ४ सय ५० रुपैया दररेट कायम गरिएको छ । त्यस्तैगरी छोडा २ सय ५०, अरहर दाल नम्वर १ एक सय ६०, अरहर दाल नम्वर २ एक सय ५०,मसुरो दाल १ सय रुपैया, मैदा ५५, आटा २ सय ४० रुपैया कायम गरिएको छ ।

उपसमितिले गरेको निर्णय अनुसार खाद्य तथा किराना समान विक्रि गर्न अनुरोध गरीएको संयोजक खड्गीले बताएका छन् । प्रत्येक पसलहरुमा आफुहरुले तयार गरेको नयाँ मुल्य सुची अनुसार उपभोक्तालाई सहुलियतमा सेवा प्रवाह गर्न संयोजक खड्गीले सवैमा अपिल समेत गरेका छन् । साथै उनले म्याद नाघेका समानहरु पसलमा नराख्न समेत आग्रह गरेका छन् । प्रत्येक पसलमा उपभोक्ताले देखिने गरी मुल्य सुची टाँस्न अनुरोध गरिएको छ । उपसमितिको नियमित बैठक हरेक महिनाको पहिलो शुक्रवार गर्ने निर्णय भएको संयोजक खड्गीले बताएका छन् ।।

प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६     1:31:30 PM