गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

कालिकोट – नरहरिनाथ गाउँपालिका –३ का नवराज बुढाले पालिकामै पहिलो हेयरकटिङ सेन्टरको स्थापना गरेका छन । उनको हेएरकटिङ सेन्टर गाउँपालिका वडा अध्यक्ष टक्क विष्टले उद्घाट गरे । सेभ द चिल्डेन संगको साझेदारीमा भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजना बाट ३ महिना हेएरकटिङ तालिम लिएका बुढालाइ परियोजनाबाट रु २० हजारको समाग्री सहयोग गरिएको थियो ।  नरहरिनाथ गाउँपालिकामा कपाल काट्ने अहिले सम्म कोहि नभएको र कपाल काट्न सदरमुकाम मान्म जानु प्रर्ने या त गाउँमा कपाल काट्नेलाइ खोजी गरि कपाल छोट्याउने मात्र काम गरिन्थ्यो । अव सो कार्यको लागी पालिका वाहिर धाउनुपर्ने बाध्याता हटेको छ ।

२०७३ सालमा १० कक्षा पास गरि वेरोजगार भइ बसेका नवराज आधारभुत कपाल कटिङ तालिम पछि आत्मनिर्भर हुने भएका छन । वडा न.- ३ का अध्यक्ष टक्क विष्टले वुलगारी परियोजनाले वेरोजगारी युवालाइ सिप सिकाइ युवाको वेरोजगारी दरमा कमि ल्याएको छ । बुलगारी परियोजनाले कालिकोट जिल्लाको तिलागुफा र नरहरिनाथ गाउँपालिकामा युवालाइ आत्मनिर्भर हुने कार्यक्रम संचालन गरेपछि युवाहरु उद्यम तिर आकर्षित भएका छन । युवाहरुलाइ बेरोजगारी समस्या समाधान गरि स्वरोजगारी गर्ने र आर्थीकरुपमा सबल युवा वनाउदै युवाको आर्थीक सशक्तिककरणमा स्थानिय सरकार संग समन्वय गरि नियमित युवाको क्षेत्रमा कार्यक्रम बुलगारी परियोजनाले गरेको छ । युवा सशक्तिकरण बुलगारी परियोजनाका परियोजना संयोजक भूपाल सिह बोहराका अनुसार शिक्षा र जिविकोपार्जन को क्षेत्रमा अवसर सृर्जना गरि दिगो र समावेसि समाज निर्माणमा सहयोग पुराउने परियोजनाको लक्ष्य अनुरुप कार्यक्षेत्रमा युवालाइ सिपमुलक तालिम र लद्युउद्यम तालिम संचालन, सहयोग र परामर्श गर्ने विविध कार्यक्रम संचालन गरिएको छ ।

प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६     2:04:29 PM