खजुरा विकास सम्मेलन –२०७६ कात्र्तिक १ र २ गते हुने

 

नेपालगञ्ज ९ असोज – खजुरा विकास सम्मेतलन –२०७६ कात्र्तिक १ र २ गते हुने भएको छ । खजुरा गाउँपालिकाको बृहत्तर विकासका लागि विचार मन्थन गर्न पहिलो पटक हालसम्मकै ठुलो सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् ।

सम्मेलन आयोजक समितिका सचिव किरण ढकालले आर्थिक, सामाजिक, शैक्षिक, कृषि, स्वास्थ्य क्षेत्रमा खजुरालाई कसरी अब्बल बनाउने भन्ने बिषयमा विज्ञटोलीले कार्यपत्र प्रस्तुत गर्ने बताए । उनले भने,–‘खजुराको बृहत्तर हितका लागि रोडम्याप नै तयारी गर्ने गरी सम्मेलन आयोजना गरिदै छ ।’ ढकालले सम्मेलनमा संघ वा प्रदेशका मन्त्रीलाई कार्यक्रमको प्रमुख वक्ताका रुपमा आमन्त्रण गर्ने गरी तयारी शुरु गरिएको छ ।

खजुरामा बसोबास गरी स्वदेशकै अन्य ठाउँ र बिदेशमा रहेका बिभिन्न क्षेत्रका बिज्ञको बढि भन्दा बढि सहभागिता गराउने योजना रहेको छ । त्यस्ता बिज्ञलाई आमन्त्रण गरेर उनीहरुके विकास सम्बन्धी अनुभव साटासाट गर्न सहज हुने ढकालले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६     7:18:29 AM