सन्र्दभ पर्यटन दिवश : बाँकेमा निजीक्षेत्र उत्साहित, सरकारको प्राथमिकता छैन

नेपालगञ्ज १० असोज – सन् २०१६ देखि २०२५ सम्मका लागि पर्यटनको विकासका गर्न तयार पारिएको राष्ट्रिय पर्यटन रणनीति कार्यान्वयन हुने हो भने उक्त रणनीतिले बाँकेको पर्यटन विकासमा ठुलो धक्का दिने निश्चित छ । २०७२ चैत २६ गते मन्त्रिपरिषद बैठकको निर्णय अनुसार तयार गरिएको पर्यटन रणनीतिले यहाँको पर्यटन विकासका बारेमा एक शब्द लेख्ने कुरा त परै जाओस् नामसम्म उल्लेख गरेको छैन ।
पर्यटन रणनीति मात्र होइन केन्द्र, प्रदेश सरकारका कुनै पनि पर्यटन सम्बन्धी ठुला रणनीतिमा बाँकेलाई समावेश गरिदैछन् । यसरी सरकारको नजरमा पर्न नसकेको बाँकेमा निजीक्षेत्रले भने उल्लेखिय लगानी गरेका छन् । बाँकेको होटल तथा सेवा क्षेत्रमा लगानीको आर्कषण उल्लेखिय मात्रामा बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट पुष्टि हुन्छ । पछिल्लो तीन वर्षयताको तथ्यांकलाई मात्र हेर्ने हो भनेपनि यहाँ लगानी उच्च गतीमा भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बाँकेमा २०७४ र २०७५ मा होटल तथा सेवा जस्ता क्षेत्रमा रु दुई अर्व १३ करोड ६० लाख कर्जा लगानी भएको छ । जबकी त्यसअघिको आर्थिक वर्ष २०७३ र २०७४ मा रु १ अर्व ५२ करोड ५० लाख पर्यटन तथा सेवा क्षेत्रमा कर्जा लगानी भएको पाईन्छ । आर्थिक वर्ष २०७२ र २०७३ मा रु झण्डै एक अर्व कर्जा लगानी भएको थियो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बाँकेमा रु १ अर्व लगानी भएको देखिन्छ । २०७६ असारसम्मको तथ्यांक अझ दोब्बर देखिन्छ । यो बैंकको ऋण मात्र हो । अन्य क्षेत्रबाट पर्यटन र सेवाक्षेत्रमा भएको लगानी जोड्ने हो भने रकम अझ धेरै हुन्छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई यहाँको पर्यटन विकासका बारेमा ध्यानार्कषण गराउँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल ।

बाँके जिल्ला राजधानी काठमाण्डौं पछि पर्यटन तथा सेवा उद्योगमा कर्जा प्रवाह धेरै हुने पोखरा र बिरगन्जलाई पछ्याउने जिल्लामा परेको छ । यहाँ पाँच तारे होटलसम्म सन्चालनमा छन् । साना ठुला होटल तथा सेवा उद्योग सन्चालनमा रहेका छन् । राष्ट्र बैंककै तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा मात्र ४७ पर्यटक राख्न मिल्ने होटल खुलेका थिए । आर्थिक वर्ष २०७३ र २०७४ मा ४३ र २०७२र २०७३ मा ३६ वटा होटल स्थापना भएका थिए ।
बाँके जिल्ला पश्चिम नेपालका पर्यटकस्थलको मात्र नभई प्रशिद्ध मानसरोवर धार्मिक यात्राका लागि पनि ‘ट्रान्जिट’ हो । यही कारणले गर्दा पनि बाँकेको नेपालगन्ज र कोहलपुरमा पर्यटन तथा सेवा उद्योगका क्षेत्रमा कर्जा प्रवाह बढ्दै छ । समग्रमा देशभर पर्यटन क्षेत्रमा होटल व्यवसाय विस्तार हुँदै गएको, उर्जा आपूर्तिमा सुधार आएको तथा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने वातावरण विकास हुँदै गएको सन्दर्भमा आगामी वर्ष पर्यटन क्षेत्र थप विस्तार हुने देखिएको राष्ट्र बैंकको निष्कर्ष छ ।

तर प्रदेश संरचना कार्यान्वयनसंगै बाँकेप्रति हेर्ने केन्द्र सरकारको नजर फरक हुन थालेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल बताउँछन् । उनी भन्छन्,–‘केन्द्र सरकारले प्रदेश राजधानीका आधारमा पर्यटन योजना बनाइरहेको छ । प्रदेश ५ को बुटवल, कर्णालीको बिरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा योजना गराउँदा नेपालगञ्जलाई छुटाउने काम भइरहेको छ ।’ सरकारी कार्यालयहरु एकपछि अर्को गर्दै अन्य सर्दै गएका र सरकारी रणनीतिमा समेत बाँके नपर्दा यहाँ लगाएको करोडौको लगानी डुब्ने होकी भन्ने चिन्ता लगानीकर्ताले गरेका छन् ।

यो पनि पढ्नुहोस् ।

संविधान दिवशमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन

यस्ता छन् बाँकेको होटल क्षेत्रका १५ चुनौती

 

 

राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज

वर्षेनी ‘लक्जरी’ होटल थपिदै, भएकालाई खर्च धान्न धौधौ

बाँकेको पर्यटन क्षेत्रमा लगानी उत्साहजनकरुपमा बढ्यो, गत वर्ष मात्र २ अर्व १३ करोड कर्जा प्रवाह

‘टुर प्याकेज’लाई प्राथमिकता दिन बाँकेका होटल व्यवसायीलाई अच्यूत प्रसाईको सुझाव

गाभर भ्यालीमा होमस्टे र कटेज थपिए, गुणस्तरमा प्राथमिकता दिदै

 

प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६     2:39:30 PM