तरकारी बेचेर वार्षिक १३ लाख कमाउदै बरलाका किसान

  • शंकर के सी

असोज  : सल्यान बरलाका किसानले वार्षिक १३ लाख रुपैयाँ सम्म तरकारी विक्रि गरेर आम्दानी लिन थालेका छन् । पछिल्लो समय प्लाष्टिकको घरमा ब्यवशायीक तरकारि खेती तर्फ लागेपछि किसानले मनग्य आम्दानी गर्न थालेका हुन् । किसानहरुको मिहेनत र परिश्रमले बरला क्षेत्र तरकारी खेतीको लागी नमुना बनेको छ ।

व्यवसायिक तरकारी खेतीबाट १ करोड बराबरको सम्पत्ति जोडेको ५७ वर्षिय किसान लोक बहादुर भण्डारीले बताए । उनले भने ‘तरकारी खेतीबाट वार्षिक १२ देखि १३ लाखसम्मको आम्दानी हुदै आइरहेको छ । तरकारीबाट आएको आम्दानीले बरलामै ३० रोपनी जग्गा किनेको छु ।’

तरकारी खेतीकै आम्दानीले भण्डारीले जेठो छोरालाई फिनल्याण्ड र छोरीलाई काठमाण्डौमा बढाई रहेका छन् । जुन सुकै काम गर्दा पनि गर्छु भन्ने इच्छाशक्ति हुने हो भने सफल भईने उनको अनुभव रहेको छ । १४ रोपनीमा तरकारी खेती गरेका बुढाथोकीले १८ वटा प्लाष्टिक घर रहेका छन् । तरकारीमा रोगकिरा लागे आफै उपचार गर्ने गरेको उनको भनाई छ । ठुलो समस्या देखिए कृषि विज्ञ केदार बुढाथोकीलाई फोन गरेर समाधान गर्ने गरेको बताए ।

पछिल्लो समय पढेलेखाका युवाहरु समेत व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीको लागि चिनिने गरेको बरलाबाट मात्रै वार्षिक एक करोडभन्दा बढिको तरकारी निकासी हुने गर्दछ । परम्परागत अन्नबालीमा लागेका किसानहरु व्यवसायिक रुपमा तरकारी खेतीमा लागेपछि निकै परिर्वतन आएको अनुभुति गर्दै आईरहेका छन् । तरकारीबाट बरलाका किसान आत्मनिभर भएपछि आसपासका किसानहरु समेत व्यवसायिक बन्न थालेका छन् ।

यस्तै ६३ वर्षिय हेमराज भण्डारीले पनि तरकारी खेतीबाट वार्षिक ५ लाख आम्दानी गर्दै आइरहेका छन् । २०३४ सालदेखि तरकारी खेती सुरु गरेको भण्डारीले अहिले ८ रोपनीमा खेती गर्दै आइरहेका छन् । हुलाक कार्यालयमा काम गर्दा तरकारीको माग बढेपछि तरकारी खेती सुरु गरेको उनको भनाइ छ । उनले भने ‘मैले हुलाक कार्यालयमा डाँकवारको रुपमा काम गथ्ये । कार्यालय जाँदा अरुले तरकारी बेच्न आएको देख्थे । अरुको विक्री भएको देखिपछि थोरै ठाउँबाट तरकारी खेती सुरु गरेको हुँ ।’

वार्षिक ७ लाख रुपैया कमाउदै आएका भीम बहादुर बुढाथोकीले तरकारी खेतीले आत्मसम्मान सँगै सन्तुष्टि दिएको बताए । उनले भने, न बजारको समस्या छ न खासै दुःख नै आम्दानी बसेर्नी बढ्ेकै छ तरकारी किन्न व्यापारी बारीमै आउछन् । स्थानीय बजारमा भारतीय तरकारी आउन छाडेपछि स्थानीय तरकारीले निकै राम्रो मुल्य भएको अर्का किसान प्रेम बहादुर खत्रीले बताए ।

लामो समय विदेश बसेको बताउदै खत्रीले अहिले विदेशको आम्दानीलार्ई तरकारीले जितेको बताउछन् । उनले भने ‘भारतको तरकारी बन्द भएपछि स्थानीय तरकारको मुल्य बढदै गएको छ जसको कारण आम्दानी पनि राम्रो भएको छ ।’ तर सरकारि निकायबाट पर्याप्त रुपमा प्राविधिक ज्ञान, अनुदान तथा बजारिकरणमा सहयोग नभएको किसानहरुको गुनासो छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६     5:06:44 PM