बाँकेका स्टार होटलले ल्याए दशैं अफर, खानादेखि ‘रुम चार्ज’सम्म बिशेष छुट

नेपालगञ्ज ११ असोज – बाँकेका तारे होटलले दशैं बिशेष छुट र टुर प्याकेज ल्याएका छन् । बर्दिया, रारा टुर प्याकेजदेखि होटलमा आउने सेवाग्राहीलाई बिभिन्न छुट सुविधा सार्वजनिक गरेका हुन । नेपालगञ्ज–१८ कारकाँदोस्थित होटल सिद्धार्थले दशैं अफर सार्वजनिक गरेको छ । उसले असोज १८ गतेदेखि २२ गतेसम्म आउने सेवाग्राहीलाई रुमचार्जमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

होटल सिद्धार्थका अनुसार, स्वीट, डिलक्स र जुनियर स्वीटरुमा ५० प्रतिशत छुट दिइने छ । दशैंको समयमा बाँके र बर्दियाका पर्यटकियस्थल हेर्ने र नेपालगञ्ज हुँदै अन्य ठाउँ घुम्न जानेले होटल सिद्धार्थको यो सुविधाबाट लाभ लिन सक्छन् । त्यस्तै कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्याजाले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै राराका लागि बिशेष टुर प्याकेज नै बनाएको छ । राराको पर्यटन प्रर्वधनका लागि यसअघि दिल्ली–रारा कार यात्रा गराइसकेको उक्त होटलले बिशेष सुविधा सहित यसपटक चाडपर्व लक्षित प्याकेज बनाएको हो ।

रारालाई नै प्रथामिकतामा राखेर रारा र पश्चिम नेपालका पर्यटकिए क्षेत्रको वारेमा सहि सुचना जानकारी दिनका लागी रारा एड्भेन्चर प्रा.लि.ले पनि काठमाण्डौको ठमेल, नेपालगञ्ज, सुर्खेत र रारामा अफिस संचालना ल्याएको छ । राँझा बिमानस्थल नजिक रहेको ‘द गोल्डेन ब्लिस’ बिभिन्न छुट सुविधा दिएको छ । दुई महिनासम्म रेष्टुरेण्ट र रुममा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको छ । यस्तै होटल सिग्नेटले खानामा छुट दिएको छ । अन्य होटल तथा रेष्टुरेन्टले समेत छुट सुविधा ल्याएका छन् ।

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     2:27:17 PM