पर्यटन वर्षको प्रचारमा बाँके अनेरास्ववियुका नेता (तस्वीर सहित)

नेपालगञ्ज – अनेरास्ववियु बाँके आवद्ध विद्यार्थी नेताहरु भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा जुटेका छन् । आन्तरिक पर्यटन प्रर्बधन गर्न आफुहरुले प्रचारात्मक अभियान शुरु गरेको नेता मोहित शाहले जानकारी दिउका छन् । शनिवार नेपालगञ्जको रानी तलाउमा पुगेर उनीहरुले अन्तरक्रिया गरे । भिजिट नेपाल २०२० लेखेको टिर्सट सहित उनीहरुले प्रचारात्मक अभियानमा छन् । अभियानमा अनेरास्वियुका नेता सुरेन्द्र शाह जम्बो लगायतको सहभागिता थियो ।

 

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     4:28:47 PM