नरैनापुरमा स्वास्थ्य शिविर, सांसद अथकद्धारा उद्घाटन

बाँके- आज नरैनापुर गा पा वार्ड नँ ५ मटेहियामा निशुल्क स्वास्थ्य शीबिरको उद्घघाटन बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले गरेकाछन । प्रमुख अतिथी समेत रहेका साँसद अथकले बिकट मानिएको नरैनापुर क्षेत्रमा स्वास्थ र लागुऔषधका बारेमा जनचेतनामुलक कार्यक्रमहरु सँचालन गर्न जरुरी रहेको बताउदै समाजका अगुवा नागरिक समाज सँघसँस्था र राजनितिक दल स्थानिय सरकार लाइ जागरण अभीयानका लागि अग्रसरहुन आह्वान गरेकाछन ।

साँसद अथकले नेपालमा डेङ्गु रोग भीत्रिइ सकेकाले यस प्रति सचेत रहन आग्रह गरेकाछन । सामुदायिक प्रहरी सेवा केन्द्र को सहकार्यमा क्षेत्रिय प्रहरी अस्पतालको आयोजनामा सँचालित एक दिने स्वास्थ्य शीबिरमा डेङगु छाला रोग महिलाको पाठेघर सुगर प्रसर लगायतका रोगहरुको परिक्षण गरिने र त्यसका लागि ल्याबको समेत ब्यवस्था रहेको सामुदायिक प्रहरी नेपालगँजका प्रमुख दिपेन्द्र जोसीले जानकारी दिए । कार्यक्रममा डेङ्गु महामारी सरुवा रोग र लागु औषध सम्बन्धि अभीमुखिकरण समेत गरिने क्षेत्रिय प्रहरी अस्पताल नेपालगँजका प्रमुख प्रहरी नायव निरिक्षक डा,बोध बिक्रम कार्कीले बताए । कार्यक्रममा ५ नँ प्रदेश सासद कृष्णा के सी नमुना नरैनापुर गापा अध्यक्ष इस्तियाक अहमद साह लगायतले मन्तव्य राखेका थीए ।

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     4:41:18 PM