पाँच वर्षमा ६२ हजार बिदेशीले बर्दिया राष्ट्रिय निकुञ्ज घुमे

नेपालगञ्ज १५ असोज – प्रमुख पर्यटकीय गन्तव्य बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो पाँच वर्षमा ६२ हजार १ सय २५ विदेशी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको नेपाल पर्यटन तथ्यांक २०१८ अनुसार, आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म यति विदेशी पर्यटक भित्रिएका हुन । यहाँ उल्लेखिय मात्रामा आन्तरिक पर्यटक आउने गर्छन् ।

उक्त तथ्यांक अनुसार, आर्थिक वर्ष  २०७०/७१ मा १३२०७, २०७१/७२ मा १३५४८, २०७२/७३ मा १०६३८, २०७३/७४ मा १७९५९ र २०७४/७५ मा ६७७३ जना पर्यटक आएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पुर्व(पश्चिम राजमार्गको अम्रेनी बाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो ।

पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि बढेको छ । हालै मात्र होटल सेन्ट्रल प्लाजाले उक्त ठाउँमा भव्य रिर्सोट निर्माण गर्दैछ ।

बिदेशमै प्रमुख पर्यटकीय गन्तव्य बनेको बर्दियामा पर्यटक भित्रा्उन अझै धेरै काम गर्न बाँकी छ । बिदेशी पर्यटक ल्याउन हवाई भाडा महंगो भएकाले त्यसलाई कम गर्न सरोकारवाला निकायका अगुवाहरुले सुझाव दिदै आएका छन् ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     7:59:10 AM