केटिएमको १२५ सीसी ड्युक बाइक नेपालगञ्जमा सार्वजनिक, मुल्य रु ४४९९००

नेपालगञ्ज १५ असोज – चर्चित मोटरसाइकल कम्पनी केटीएमको नयाँ भर्सन १२५ सिसी ड्युक बाइक नेपालगञ्जमा सार्वजनिक भएको छ । भेरी अन्चलको आधिकारिक विक्रेता एओ अटोले उक्त मोटरसाईकल आज सार्वजनिक गरेको हो । एचओ अटोका प्रबन्ध निर्देशक गौतम श्रेष्ठ र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले नयाँ मोटरसाईकल लन्च गरे ।

यसको उच्चस्तरको डिजाइन र उच्च गतिको प्रस्तुति क्षमतालाई ग्राहकले रुचाउने प्रबन्ध निर्देशक गौतम श्रेष्ठ बताउँछन् । यसको मुल्य ४४९९०० रहेको छ । यसअघि ५२४९०० मुल्यको २ सय सिसीसम्मको ड्युक बाईक बिक्री भइरहेका थिए । तर सिसी र मुल्य समेत कम भएपछि केटिएम बाईक चढ्ने इच्छा भएकाहरुको रहर पुरा हुने भएको छ । एचओ अटोबाट हालसम्म सय वटा ड्युक बाईक बिक्री भइसकेका छन् । बिशेष गरी युवा पुस्ता माझ यो बाईक लोकप्रिय छ ।

 

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     1:09:46 PM