गुड्न थाले नगर बस

नेपालगञ्ज-नेपालगञ्ज उप–महानगरपालिकाले खरिद गरि ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो । बसहरु मुख्य मन्त्री शंकर पोख्रेलले असोज १८ गते सेवा सुभारम्भ गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले जानकारी दिनुभयो ।

गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका कारण संचालनमा ढिलाई भएको हो । बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ । नगर बस महिला लक्षित कार्यक्रम अन्तर्गत संचालन गर्न लागिएको हो । तीन करोड ४५ लाख रुपियामा सात वटा बस खरिद गरेको हो ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     5:34:45 PM