विश्व हुलाक दिवसमा प्रथम सेवाग्राही र कर्मचारी सम्मानित,सेवा बिस्तारमा जोड

नेपालगञ्ज १७ असोज – जिल्ला हुलाक कार्यालय बांकेको आयोजनामा बुधवार “अबको हुलाक सेवाः सेवामा विविधता र प्रतिस्पर्धा” नाराका साथ विश्व हुलाक दिवसको कार्यक्रम हुलाक कार्यालय परिसरमा संचालन गरिएको थियो । जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख हुलाक अधिकृत गोबिन्दपसाद पाण्डेले अध्यक्षतामा संचालन गरिएको सो कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति बांकेका प्रमुख अजय कुमार श्रीवास्तव तथा बिशेष अतिथीमा बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का हुनुहुन्थ्यो ।

कार्यक्रकको सुरुवातमा कार्यालयका बिभिन्न शाखामा सेवा लिन आउने पांच जना सेवाग्राहीहरुलाई सम्मानित गरिएको थियो । जस अन्तरगत हुलाक टिकट तर्फ नेपालगंज उपमहां नगरपालिका वार्डनं १ धमबोजीका जित बहादुर महत, बचत बैंक तर्फ डुडुवा गाऊपालिका वार्डनं १ का बसनतराज शर्मा, रजिष्ट्री तर्फ हिमालयन बैंक लि. नेपालगंजका फुलबहादुर स्याङताङ, डांक तर्फ आजको सामना पत्रिकाका अजयकुमार गुप्ता तथा प्रथम महिला सेवाग्राही तर्फ राप्तीसोनारी गाऊपालिका कचनापुर की लक्ष्मी थारुलाई अबिर तथा खादा सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथी अजय कुमार श्रीवास्तवले परिवर्तित सन्दर्भमा हुलाकले आफ्ना सेवाको क्षेत्र बिस्तार गर्दै लगेको बताउदै बांके जिल्ला, इलाका तथा अतिरिक्त हुलाकका भवन जिर्ण रहेकाले यस जिल्लामा सरकारी भवन मर्मतका लागि संघ तथा प्रदेशका शहरी बिकास तथा भवन निर्माण कार्यालय मार्फत आउने रकमबाट जिल्ला हुलाक तथा दुर जराजमा रहेका इलाका तथा अतिरिक्त हुलाकका सरकारी भवन मर्मत गराउन आफुले पहल गर्ने बताउदै हुलाकको कार्यालय संयन्त्र र कर्मचारी गाऊ गाऊमा रहेकाले नगरपालिका तथा गाऊपालिकाले पनि इलाका तथा अतिरिक्त हुलाक कर्यालयलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै बिशेष अतिथी बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बिगतमा अन्य संचारका माध्ययमहरु नभएको बेलामा हुलाकले हिमाल, पहाड तथा तराईका कठिन भूगोलमा पनि सेवा प्रवाह गरेको इतिहांस छ । हाल आएर हुलाकले आफ्नो सेवामा बिविधता ल्याइ रहेको छ । हुलाक कार्यालयले नियमित रुपमा प्रशासनसंगको सहकार्यमा एफ एम रेडियोको अनुगमन, सूचनाको हक कार्यान्वयनको अनुगमन गर्नु पर्नेबताउनु भयो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै नेपाल पत्रकार महांसंघ प्रदेशन. ५ का सचिव सुक्रऋषी चौलागाईले संचार मन्त्रालय अन्तरगतको लिल्ला स्थीत सम्पर्क कार्यालयजिल्ला हुलाक कार्यालय संचार माध्यमहरुका एफ एम तथा पत्रपत्रिका सम्बन्धी काममा एक आपसमा सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियन बांकेका अध्यक्ष कृष्ण बहादुर थापाले हुलाकमा काम गर्ने कर्मचारीका सेवा सर्तका बिषयमा आफुहरुले केन्दमा पहल गर्ने बताउनु भयो । कार्यक्रममा आफ्ना धारणा राख्दै नेपाल अतिरिक्त हुलाक संघ बांकेका अध्यक्ष शंखीलाल थारुले अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारीलाई सरकारले न्यून पारिश्रमिक दिएर काम लिएको, पोशाक भत्ता नदिएको बताउनु भयो ।
विश्व हुलाक दिवसको कार्यक्रमको अवसरमा बांकेका जिल्ला, इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुलाई सम्मानित गरिएको थियो । उत्कृष्ट कर्मचारी तर्फ जिल्ला हुलाक कार्यालय डांक फांटका खरिदार गंगाबहादुर राना र हुलाक बचत बैंक फांटका खरिदार नन्दकुमार गडरिया तथा उत्कृष्ट हुलाकी तर्फ इलाका हुलाक कार्यालय खजुराका मनिराम शर्मा तथा कोहलपुरका नेत्रलाल डांगी लाई सम्मानित गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट हुलाक प्रतिनिधीहरु तर्फ अतिरिक्त हुलाक कार्यालय कचनापुरका हुलाक प्रतिनिधी शंखिलाल थारु, अतिरिक्त हुलाक कार्यालय हिमिनियाका हुलाक प्रतिनिधी जयपाल मौर्य, अतिरिक्त हुलाक कार्यालय खासकारकांदो का हुलाक प्रतिनिधी किरण शर्मा तथा २०३२ साल बाट निरन्तर ४८ वर्ष सम्म काम गर्दैआएका जेष्ठ हुलाक प्रतिनिधी, देबीदयाल चौधरी लाई सम्मानित गरिएको थियो ।
उत्कृष्ट पत्र वितरकतर्फ अतिरिक्त हुलाक कार्यालय कम्दीका पत्र वितरक बिष्णुप्रसाद कुर्मी तथा अतिरिक्त हुलाक कार्यालय नरैनापुरका पत्र वितरक जंगलीप्रसाद श्रीवास्तव लाई सम्मानित गरिएको थियो ।
विश्व हुलाक दिवसको कार्यक्रमको अवसरमा बांकेका जिल्ला हुलाक तथा इलाका हुलाक कार्यालयहरुमा लामो समय काम गरि हालै सेवा निबृत हुनु भएका हल्काराहरु जगदिश कुम्हार, कमान सिह साउ, धर्म राज जैसी तथा हुलाकीहरु मन्धिरे थापा, नन्दलाल कुम्हार, चन्दी प्रसाद वर्मा, दल बहादुर खडका, लोक बहादुर माझी तथा रुद्रसिह रोकाया लाई सेवा निबृत सम्मान पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको संचालन इलाका हुलाक कार्यालय खजुराका खरिदार कृष्णप्रसाद शर्माले गर्नु भएको थियो भने स्वागत मन्तब्य जिल्ला हुलाक कार्यालय बांकेका खरिदार हरिप्रसाद पार्धेले राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले अहिले जिल्लामा धेरै कार्यालय तथा कर्मचारी संख्या भएको हुलाक कार्यालय र कर्मचारीको उचित ब्यबस्थापन कर्मचारीको उत्प्रेरणा बढाउने काममा हामी सबै लागेका छौ भन्दै नियमित तथा छरितो पत्र वितरण, हुलाक बचत बैंकको प्रचार प्रसार, सूचनाकोहक कार्यान्वयनको अनुगमन, एफ एम रेडियो तथा केबल टिभीको अनुगमनको कामलाई कार्यालयले प्रथामिता साथ अगाडी बढाएको बताउनु भयो ।

गोबिन्दप्रसाद पाण्ड,े हुलाक अधिकृत बांके
(९८४८०२१८०७)

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     8:07:35 AM