धम्वोझीमा इनभेष्टमेन्ट बैंकको एटिएम सञ्चालन

नेपालगञ्ज : नेपाल इनभेष्टमेन्ट बैंकले नेपालगञ्जको धम्वोझीमा एटिएम सेवा सन्चालनमा ल्याएको छ । आजबाट सञ्चालनमा आएको एटिएम सबैको पायक पर्ने नेपाल राष्ट्र बैंकको कार्यालयसंगै जोडिएको छ । १२४ औ ए.टि.एम नेपाल राष्ट्रिय बैक नेपालगनजका मुख्य व्यवस्थापक मुक्तिनाथ सापकोटाले बिहिबार उद्घाटन गरेका हुन ।

नेपाल इन्भेष्टमेन्ट बैक लि ले हाल सम्म नेपालभरी ८२ शाखा कार्यालय १५ एक्टेन्सन काउन्टर,१० राजस्व संकलन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गदै आएको नेपाल इन्भेष्टमेण्ट बैक नेपालगन्ज शाखा प्रबन्धक कृष्ण राज जोशी बताए । एटिएम सेवा सुचारुसंगै सेवाग्राहीलाई सहज हुने बैंकका कर्जा प्रमुख बरदान पाण्डेले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     2:32:10 PM