दशैँ विदामा कुन बैंकको कुन शाखा खुल्छ ?

नेपालगञ्ज -बैंकका ग्राहकहरुले दशैँमा पनि बैंकिङ सुविधा पाउने भएका छन् । प्रायः दशैँ विदाको समयमा बैंकहरु पनि बन्द हुने भएकाले दशैँमा गर्ने खर्चका लागि पहिले नै क्यास निकालेर राख्नुपर्ने बाध्यता थियो । यसपाली भने प्रायः बैंकहरुले केही मात्र भएपनि काउन्टरहरु संचालन गरी ग्राहकलाई सविधा दिने घोषणा गरेका छन् ।

माछापूच्छ्रे बैंक
दशैँका लागि सरकारी विदा फुलपातीदेखि एकादशीको दिनसम्म हुन्छ । माछापूच्छ्रे बैंकले हरेक दिन कुनै न कुनै शाखा संचालन गर्ने भएको छ । फुलपातीको दिन बुटवल शाखा विशान ९ देखि १२ बजेसम्म तथा बनेपा दमौली लाजिम्पाट, महन्द्रपुल र नेपालगंज शाखा ११ देखि २ बजेसम्म खोल्ने बैंकले जनाएको छ । त्यस्तै, अष्टमीको दिन भैरहवा र पुतलीसडक शाखा ९ देखि १२, विराटनगर शाखा ९ः३० देखि १२ः३०, न्युरोड र राजविराज शाखा १० देखि १, बगर भक्तपुर, बनेपा, बीरगंज, विर्तामोड धनगढी, दमौली, जनकपूर, लेकसाइड र महन्द्रपुर शाखा ११ देखि २ तथा नारायणगढ शाखा १२ देखि ३ बजेसम्म खुला रहने छ । नवमीको दिन पाटन शाखा विहान ९ बजेदेखि १२ बजेसम्म तथा बर्दिवास, वीरगञ्ज, दमौली, जनकपूर, मिचैया र इटहरी शाखा ११ देखि २ बजेसम्म खोल्ने जनाएको छ । विजया दशमीको दिन भने माछापूच्छ्रे बैंकका सबै शाखा बन्द रहने छन् । एकादशीको दिन न्युरोड शाखा १० देखि १ तथा महेन्द्रपुल र नेपालगंज शाखा ११ देखि २ बजेसम्म खुल्नेछन् । द्धादशीको दिनदेखि सबै शाखाबाट पूर्ण रुपमा कारोबार सुचारु हुनेछ ।

सिभिल बैंक
मूख्य शाखा कार्यालयबाट दशमीमा आवश्यकताअनुसार र अन्य दिन ११ देखि २ बजेसम्म सेवा दिने जनाएको सिभिल बैंकले फुलपातीको दिन न्युरोड, इटहरी, नारायणघाट, भैरहवा, बनेपा, धनगढी र नेपालगञ्ज शाखा विहान १० देखि दिउसो १ बजेसम्म खोल्ने जनाएको छ । कमलादी र जावलाखेल शाखा २ देखि ५ बजेसम्म खुल्नेछन् । अष्टमीको दिन पनि इटहरी, नारायणघाट, भैरहवाका साथमा वीरगंज र पोखरा शाखा १० देखि १ बजेसम्म खुल्नेछन् भने कमलादी र जावलाखेल शाखा २ देखि ५ बजेसम्म खुल्नेछन् । त्यस्तै, न्युरोड शाखा १२ देखि ३ र विराटनगर शाखा ११ देखि २ बजेसम्म खुला रहनेछ । नवमीमा कमलादी शाखा २ देखि ५, विराटनगर शाखा ११ देखि २ तथा वीरगंज र पाखरा शाखा १० देखि १ बजेसम्म सुचारु रहनेछन् ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खोल्नेछ । त्यस्तै अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहनेछन् ।

नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगांैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् भने एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् । खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले असोज १८ देखि २० गतेसम्म काठमाडौँ उपत्यकाभित्र दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी र भैँसेपाटी तथा उपत्यकाबाहिर विराटनगर, विरगंज, जनकपूर, नारायणघाट र पोखरा शाखा सुचारु राख्ने जनाएको छ । त्यस्तै, असोज २१ गते अर्थात दशमीका दिन दरबारमार्ग र कुमारीपाटी शाखाबाट सेवा दिने जनाएको छ । ग्राहकहरुले विशान ११ देखि दिउसो २ बजेसम्म उक्त शाखाहरुबाट बैंकको सेवा लिन सक्नेछन् ।

नविल बैंक
नविल बैंकले तीनधारा र ललितपूर शाखा दशमीमा ११ देखि १ र अन्य दिन १० देखि १ खुला राख्ने जनाएको छ । यसबाहेक १८ गते महाराजगंज, बालाजु, त्रिपुरेश्वर, न्युरोड, हटौँडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, नारायणगढ र विराटनगर शाखा खुल्नेछन् । १९ गते नेपाल गंज र २२ गते वीरगंज शाखा खुला रहनेछन् । सेवा अवधि १० देखि १ बजेसम्म रहेको छ ।

जनता बैंक
जनता बैंकले १८ गते नयाँ बानेश्वर र १९ गते न्युरोड, महेन्द्रनगर र घोराही शाखाबाट सेवा दिनेछ । वीरगंज, नारायणगढ, मिलनचोक, भैरहवा र धनगढी शाखा भने १८ र १९ दुवै दिन खुला रहनेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले फुलपातीका दिन उपत्यकाभित्रका पुलचोक, न्युरोड, पुतलीसडक, ठमेल र कालीमाटी शाखाबाट १२ देखि ३ बजेसम्म, दरबार्गमार्ग र बौद्ध शाखाबाट ९ देखि १२ बजेसम्म, नयाँ बानेश्वर र गोंगबु शाखाबाट १ देखि ४ बजेसम्म, बत्तिसपुतली र धुम्बराही शाखा १० देखि १, सिपाडोल शाखा १०ः३० देखि १ः३०, किर्तिपूर शाखा ११ देखि १ बजे र नक्साल शाखाबाट १० देखि १२ बजेसम्म सेवा दिनेछ । अष्टमीको दिन दरवारमार्ग, भिसा सेल र वौद्ध शाखा ९ देखि १२, पुलचोक, न्युरोड, पुतलीसडक, ठमेल र कालीमाटी शाखा १२ देखि ३, नयाँ वानेश्वर र गोंगबु शाखा १ देखि ४, बत्तीसपुथली र धुमबराही शाखा १० देखि १, सिपाडोल १०ः३० देखि १ः३०, नक्साल शाखा १० देखि १२ र किर्तिपूर शाखा ११ देखि १ बजेसम्म खुला रहनेछन् । नवमीमा दरवारमार्ग शाखा ९ देखि १२, पुलचोक शाखा १२ देखि ३, सिपाडोल शाखा १०ः३० देखि १ः३० र किर्तिपूर शाखा ११ देखि १ बजेसम्म खुल्नेछ । दशमीको दिन दरबारमार्ग शाखा ९ देखि १२ बजेसम्म खुल्नेछ । एकादशीको दिन फुलपातीको जस्तै रुटिन बनाइएको छ ।

उपत्यकाबाहिर भने बीरगंज, भैरहवा, बुटवल, विराटनगर, पोखरा (चिप्लेढुंगा) र जनकपूर शाखा सप्तमी र अष्टमीमा खुल्नेछन् । नारायणगढ, नेपालगंज र धनगढी शाखा फुलपातीमा मात्रै खुल्नेछन् भने पोखराको लेकसाइड शाखा एकादशीको दिन खुल्नेछ । दशैँ विदाभरी यी शाखाले १० देखि १ बजेसम्म मात्रै सेवा दिनेछन् ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले कमलपोखरी शाखा सबै दिन १ देखि ३ बजेसम्म सुचारु राख्ने जनाएको छ । यसबाहेक, फुलपातीमा न्युरोड, जावलाखेल, भक्तपूर, नेपालगंज, धनगढी, पोखरा, विराटनगर, विरानगर आयल निगम काउन्टर, अमलेखगंज र थानकोट आयल निगम काउन्टर संचालन गर्नेछ भने अष्टमीमा न्युरोड, जावलाखेल र भक्तपूर शाखा संचालन गर्नेछ । यी शाखाबाट विशान १० बजेदेखि दिउसो ३ बजेसम्म सेवा लिन पाइनेछ ।

कुमारी बैंक
कुमारी बैंकले पुतलीसडक शाखाबाट फुलपाती, अष्टमी र नवमीमा ११ देखि २ बजेसम्म, नयाँ सडक शाखाबाट १८ र २२ गते २ देखि ५ बजेसम्म, कुमारीपाटी शाखा १८ गते १० देखि १ बजेसम्म तथा जागटी शाखा र बुटवल शाखा १८ गते ११ देखि २ बजेसम्म खुला राख्ने जनाएको छ ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखा १८, १९, २० र २२ गते १० देखि १ बजेसम्म र २१ गते १ देखि ४ बजेसम्म खुला रहनेछ । न्युरोड शाखा १८, १९ र २० गते १ देखि ४ बजेसम्म, लगनखेल शाखा १८ र १९ गते १० देखि १ बजेसम्म र चाबाहिल शाखा १८ र १९ गते १ देखि ४ बजेसम्म खुल्नेछन् । उपत्यकाबाहिर भने १८ र १९ गते बागलुङ, बुटवल (राम मन्दिर लाइन), नारायणगढ, पोखरा (न्युरोड), विरानटगर र वीरगंज शाखा खुल्नछन् । वीराटनगर र वीरगंज शाखा २२ गते पनि खुल्नेछन् । यी शाखाहरुबाट विहान १० देखि दिउसो १ बजेसम्म सेवा पाइन्छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले हात्तिसार शाखा १८, १९, २० र २२ गते ११ देखि २ बजेसम्म खोल्नछ । सोही समयमा १८ र १९ गते कुमारी पाटी शाखा पनि खुल्नेछ । १८ गते २ देखि ५ बजेसम्म न्युरोड र तीनकुने शाखा पनि सुचारु रहनेछन् भने न्युरोड शाखा १९, २० र २२ गते पनि खुल्नेछ । उपत्यकाबाहिर भने १८ गते दमक, विर्तामोड, विराटनगर, धरान, नारायणगढ, वीरगंज, जनकपुर, पोखरा (सभागृह), धनगढी, टीकापूर, नेपालगंज र घोराही शाखा ११ देखि २ खुल्नेछन् । सोही समयमा १९ गते विराटनगर, वीरगंज, जनकपूर, पोखरा (सभागृह), धनगढी, टीकापूर, नेपालगंज र घोराही शाखा पनि खुल्नेछन् । त्यस्तै, २० गते विराटनगर, वीरगंज र पोखरा (सभागृह) शाखा खुल्नेछन् । २२ गते वीरगंज, पोखरा र नेपालगंज शाखा खुल्नेछन् । त्यस्तै, भैरहवा शाखा १८ गते २ देखि ५ बजेसम्म खुल्नेछ ।

एनसीसी बैंक
एनसीसी बैंकले १८, १९, २० र २२ गते न्युरोड र टेकु शाखाबाट विहान ११ बजेदेखि दिउसो २ बजेसम्म सेवा दिने बताएको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बैंकले दशमीबाहेक अन्य दिन विभिन्न शाखाबाट सेवा दिनेछ । मूख्य शाखा र वीरगंज शाखाबाट १० देखि १२, ललितपूर, विराटनगर र नेपालगंज शाखाबाट ११ देखि १ बजेसम्म र कर्पोरेट शाखा र जनकपुर शाखाबाट १२ देखि २ बजेसम्म सेवा दिने बैंकले जनाएको छ ।

एनएमबि बैंक
एनएमबि बैंकले पोखराको चिप्लेढुंगा, मारङको विराटनगर, फिदिम र बुटवलको ट्राफिक चोक शाखा दशमी बाहेक अन्य दिनमा सुचारु गर्ने छ । ग्राहकले विहान ११ बजेदेखि दिउसो २ बजेसम्म सेवा लिन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लगायतका केही विकास बैंकले पनि दशैँ विदामा केही काउन्टर खुला राख्ने भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज १७, २०७६     8:26:20 PM