‘कस्तो छ बसपार्क ?’–रातमा मेयर राणाको अनुगमन

नेपालगञ्ज २० असोज – हालै सन्चालनमा आएको नेपालगञ्ज बसपार्क कसरी सन्चालन भइरहेको छ ? नेपलागञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा यहि बुझ्न आईतवार राती स्थलगत निरीक्षणमा निस्किए । राती ८ः ०० बजेपछि बसपार्क पुगेका मेयर राणाले बसपार्क सञ्चालनको पछिल्लो अवस्था बुझे । त्यहाँका कर्मचारी, यातायात व्यवसायी, प्रहरीसंग भलाकुसारी गरे । राम्रोसंग रेखदेख गर्नुहोला भन्दै फर्किए ।

१६ करोड बढि लगानीमा बनेको बसपार्कको औपचारिक उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरेका थिए । बसपार्क अत्यन्त आर्कषक बनेको छ । तर रेखदेखका कारण बसपार्क जिर्ण नबनोस् भनेर मेयर राणा रातीमै निरीक्षण गर्न निस्किए ।

प्रकाशित मितिः सोमवार, अशोज २०, २०७६     5:57:40 AM