सनराइज बैंकको १२ औं स्थापना दिवशमा नेपालगञ्जमा प्रभातफेरी

नेपालगञ्ज – सनराइज बैंकले स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा नेपाललगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सनराइज बैंकको नेपालगञ्ज शाखाबाट सुरु भई,कारकाँदो, पुष्पलालचोक, बसपार्करोड, न्यूरोड, घरवारीटोल, धम्वोझी हुँदै पुन शाखा कार्यालयमा आएको थियो ।

शुभकमना आदानप्रदान कार्यक्रममा सनराइज बैंक नेपालगञ्ज शाखाका निमित्त प्रविण अधिकारी, कोहलपुर शाखाका प्रबन्धक मनोज कुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्गप्रसाद देवकोटा लगायतले शुभकामना शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारीहरुको उपस्थिति थियो । बैंकिङ साक्षरता सम्बन्धी जानकारी प्रदान गरिने प्लेकार्ड तथा व्यानरको साथमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको हो ।। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रकाशित मितिः शनिबार, अशोज २५, २०७६     10:26:16 AM