फौजी किराले सांसदको धान खायो,अरु किसान पनि हैरान

बाँके क्षेत्र नम्बर ३ ‘क’बाट निर्वाचित भएका ५ नम्बर प्रदेश सांसद इन्द्रप्रसाद (आइपी) खरेलले लगाएको धान बाली पसाएको छैन । उनले लगाएको गरिमा जात भनिएकोे धान हालसम्म पनि नपसाउँदा चिन्तित बनेका छन् । गरिमा जातको धानको बीउ आफैले खरिद गरेर खेती गरेका सांसद खरेललाई १२५ दिनमा पाक्छ भनेर व्यापारीले विक्री गरेका थिए ।

प्रकाशित मितिः शनिबार, अशोज २५, २०७६     10:34:27 AM