अयोध्या विवादको सुनुवाईले नेपालगञ्ज नाका बन्द

नेपालगञ्ज – भारतको सर्वोच्च अदालतले उत्तरप्रदेशस्थित अयोध्या बिवादको अन्तिम फैसला आज बिहान भारतीय समय अनुसार, १० : ३० बजे गर्दै छ । उक्त फैसलाबाट उत्पन्न हुने सुरक्षा खतरालाई मध्यनजर गर्दै नेपालगञ्ज नाका बिहानैबाट बन्द गरिएको छ । भारतबाट घर फर्किएका नेपालीलाई आउन दिइएको छ भने नेपालबाट भारततर्फ जाने यात्रुलाई रोक लगाइएको छ ।

भारत जान हिडेका नेपाली र भारतीय नागरिकहरु जमुनाह र नेपालगञ्जमा अलपत्र अवस्थामा छन् । नाका कहिले खुल्छ भन्ने थाहा नभएका कारण अलपत्र यात्रुको व्यवस्थापनको खाँचो देखिन्छ । अयोध्या बिवाद हिन्दु र मुस्लिम समुदायसंग जोडिएको सदियौ पुरानो हो । रामजन्म भूमी र मस्जिदको बिषयलाई लिएर उक्त बिवाद उत्पन्न भएको थियो ।

प्रकाशित मितिः शनिबार, कार्तिक २३, २०७६     9:21:30 AM