सुर्खेतका किरण ओली सर्वाधिक मत ल्याएर स्वास्थ्यकर्मी संघको उपाध्यक्ष निर्वाचित

नेपालगञ्ज – नेपाल स्वास्थ्यकर्मी संघको उपाध्यक्षमा ( सरकारी) मा सुर्खेतका किरण ओली निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी भन्दा ८१ मत ल्याएर ओली अध्यक्षमा निर्वाचित भएका हुन । काठमाण्डौमा आज साँझ सम्पन्न मतपरिणाम अनुसार ओलीले २ सय ८८ मत प्राप्त गरे भने प्रतिद्धन्द्धीले २ सय ७ मत ल्याएका थिए ।

ओली यसअघि संघको उपमहासचिव थिए । सुर्खेत गुर्भाकोट नगरपालिकाका निवासी ओली सोही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रहेका छन् । संघको अध्यक्षमा रामजी घिमिरे बन्ने निश्चित भएको छ । महिला उपाध्यक्षमा रमिला चौलागाँई बिजयी हुने निश्चित भएको छ । यस्तै महासचिव पदमा दीपकप्रसाद भट्ट आउने पक्का पक्की भएको छ । यद्धपी निर्वाचन समितिले आधिकारिक जानकारी दिएको छैन ।

गुर्भाकोटको स्वास्थ्यक्षेत्रमा भएका काम र अबको योजना

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     8:08:30 PM