पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवालासंग छलफल गर्दै

नेपालगञ्ज २५ कात्र्तिक – बाँकेको पर्यटन प्रर्बधनका लागि भोली मंगलवार नेपाल पर्यटन बोर्डले नेपालगञ्जमा सरोकारवाला निकायसंग छलफल गर्दै छ । पर्यटन वर्ष २०२० आउँदै गरेका बेला हुन लागेको छलफलले अर्थपूर्ण मानिने छ ।

बोर्डले बाँकेको पर्यटकिय सम्भावना र बजार बिस्तारका बिषयमा सरोकारवालासंग छलफल गर्नेछ । त्यस्तै यहाँको पर्यटन प्रर्बधनका लागि भारतीय बजारमा कसरी ‘मार्केटिङ्ग’ गर्ने भन्ने विषयमा राय,सुझाव लिने छ ।

कार्यक्रम  होटल सिद्धार्थमा आयोजना गर्न लागिएको हो । बाँके पर्यटनका क्षेत्रमा उदाउँदै गएको गन्तव्य हो भने पश्चिमको पर्यटकीयस्थलको ‘ट्रान्जिट’ हो । निजीक्षेत्रबाट पर्यटन र सेवाक्षेत्रमा ठुलो लगानी भए पनि सरकारीस्तरबाट पर्यटन प्रर्बधनका लागि उदासिन देखिन्छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक २५, २०७६     7:47:45 AM